काठमाडौँ — अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेको केन्द्रीय सचिवालयको आकस्मिक बैठक बसेको छ। आज बिहान भक्तपुरस्थित निवासबाट ओली पक्राउ परेपछि पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बसेको हो।

बैठकअगाडि एमाले उपमहासचिव योगेश भट्टराईले राजनीतिक प्रतिरोधका आधारमा सरकारले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरेको बताए।
जेनजी आन्दोलनको छानबिन बन्न बनेको आयोग र आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि नै विगतदेखि नै प्रश्न उठिरहेको बताए। उनले आयोगको प्रतिवेदन सार्वजनिक भएपछि नेपाल बार लगायत सबैतिरबाट विरोध भइरहँदा पक्राउ गरिएको भन्दै आपत्ति जनाए।
सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सिंहदरबारमा शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरू कार्यान्वयन गर्ने निर्णय गरेको हो। सोही अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ भदौ २३ र २४ गतेको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनमा भएमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने निर्णय भएको थियो।


























Leave a Reply