आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदै

दलित अनलाइन चैत्र ७, २०८२

काठमाडौँ — आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस । ‘दलित समुदायको न्यायमा पहुँजका लागि राज्यसंरचनाो प्रभावकारी परिचालन ’ भन्ने नारासाथ ६१ औ जाति तथा रंगभेद उन्मूलन दिवस  आज (शनिबार) यो दिवस मनाउने गरिन्छ।

संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय तथा रंगभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेकोमा त्यसयता हरेक वर्ष २१ मार्चलाई विश्वभर विविध कार्यक्रम गरी जातीय विभेद उन्मुलन दिवसको रुपमा मनाउने गरिन्छ। नेपाल पनि उक्त महासन्धिको पक्ष राष्ट्र हो। दिवसको सन्दर्भमा नेपालमा पनि दलित नागरिक समाज र संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी जातीय विभेदको अवस्था र उन्मूलनका विषयमा छलफल गर्दैछन्।

जातका आधारमा ठुलो असमानता र विभेदव्याप्त नेपालमा अहिले पनि जातीय विभेद र अत्याचारका असामान्य घटनाहरू भइरहेकै छन्। तर नेपालले सन् १९७१ मै उक्त महासन्धिलाई अनुमोदन गरेको थियो।

Nic asia bank

नेपालले कानुन बनाएरै जातीय विभेद र छुवाछुतलाई दण्डनीय हुने व्यवस्था गरेको छ भने २०६३ सालमा पुन:स्थापित संसद्‌ले जातीय भेदभावमुक्त राष्ट्र घोषणा समेत गरेको थियो। वर्तमान संविधानले समेत जातका आधारमा हुने भेदभावलाई दण्डनीय हुने प्रावधान छ। तर व्यवहारमा भने राज्यका निकायको जिम्मेवार पदमा रहेकै व्यक्तिहरूको संरक्षणमा दलित समुदायमाथि भेदभाव, अन्याय र अत्याचारका घटना भइरहेका छन्।

नेपालको संविधान ०७२ ले छुवाछुत विरुद्धको हक र दलितको हक गरी दुई वटा मौलिक हकको व्यवस्था गरे पनि व्यवहारमा भने न ती मौलिक हकहरूको कार्यान्वयन भएको छ, न त ती सम्बन्धित कानुनहरू नै बनेका छन् ।

जातीय विभेदका कारण बनेको सामाजिक असमानतालाई पुर्न सरकारले पनि समयानुकूल नीति र कार्यक्रमहरू अपनाएको छैन। दलित समुदायलाई अधिकार प्रदान गर्न राजनीतिक दल र सरकार समेत उदासीन देखिन्छन्।

दिवसका अवसरमा आज संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र गैरसरकारी संस्थाहरूले काठमाडौँमा विभिन्न कार्यक्रमहरू राखेका छन्। अन्य संघसंस्था र अभियान्ताहरूले पनि प्रदर्शन र विरोधका कार्यक्रमहरू समेत राखेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank