काठमाडौँ — सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्या भएपछि इरानले अमेरिकी भूमिमा आक्रमण गर्न सक्ने इरानका एक गुप्तचर विश्लेषकले चेतावनी दिएको दाबी गर्दै सीएनएनएले समाचार लेखेको छ।
सीएनएनका प्रमुख गुप्तचर विश्लेषक जोन मिलरले यसअघि इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाउन प्रयाससमेत गरेको दाबी गर्दै अब अमेरिका इरानको निशानामा पर्नसक्ने बताएका हुन्।
सीएनएनका अनुसार इरानी शासनले ट्रम्प निर्वाचिन हुनुअघि नै पनि अमेरिकी व्यक्तिहरूलाई निशाना बनाउने प्रयास गरेको थियो। तर, व्यापक आक्रमणको योजना बनाएको थिएन। ‘यो एउटा रेखा थियो जुन उनीहरूले कहिल्यै पार गर्न चाहेनन्,’ उनले भनेका छन्।
अमेरिकी अधिकारीहरूले इरानले योजनाबद्ध ढङ्गले इरानका आलोचक मसिह अलिनेजाद, ट्रम्पका पूर्वसुरक्षा सल्लाहकार जोन बोल्टन र ट्रम्प स्वयंलाई समेत निशाना बनाउने योजनालाई विफल पारेका थिए।

‘हामीले जुन कुरा देखेनौं, तर अब हुनसक्छ, त्यो यस्तो योजना हो, जसले धेरै जनालाई चोट पुर्याउने उद्देश्यका साथ कुनै स्थानमा आक्रमण गर्ने योजना समावेश गर्छ। जब समय कठिन हुन्छ, उपाय पनि कठोर हुनसक्छ’ मिलरले थप भनेका छन् ।
‘आक्रमणको मोडमा सबैभन्दा खतरनाक जनावर घाइते जनावर हो र यहाँ तपाईंसँग एउटा शासन छ… जससँग गुमाउन अब खासै केही छैन,’ उनले जोड दिएका छन्। विश्लेषकका अनुसार इरानको हालको रणनीति र प्रतिक्रिया अत्यन्तै खतरनाक हुन सक्नेछ।
अमेरिका र इजरायली आक्रमणमा इरानका रक्षामन्त्री अजिज नासिरजादेह र सेना प्रमुख अब्दुल रहिम मौसावीको मृत्यु भएको छ।
इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले शनिबार भएको हमलामा उनीहरूको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको हो।
अमेरिका र इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी, उनका सुरक्षा सल्लाहकार अली शामखानी र आईआरजीसी प्रमुख मोहम्मद पाकपुर, रक्षामन्त्री अजिज नासिरजादेह र सेना प्रमुख अब्दुल रहिम मौसावी मारिएको पुष्टि भइसकेको छ।
समाचार एजेन्सी आईआरएनएका अनुसार, धेरै अन्य सेना कमाण्डरहरू पनि मारिएका छन्। उनीहरूको विवरण तत्काल सार्वजनिक गरिएको छैन।


























Leave a Reply