ओलीले जनअपेक्षा अनुसार काम नगरेको भन्दै कीर्तिपुरका पूर्व मेयरले छाडे एमाले, नेकपा प्रवेश

दलित अनलाइन फाल्गुन १०, २०८२

काठमाडौँ —  नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं-६ का पूर्व वडाअध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल तथा नेता बामदेव गौतम लगायत नेताहरूले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्।

Nic asia bank

पार्टी प्रवेश कार्यक्रममा संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टी धेरै कम्युनिष्ट पार्टीहरू मिलेर बनेको बताउँदै यो एकता सिङ्गो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरे।

उनले राष्ट्रवादि शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे। पार्टी प्रवेश गरेका पूर्व मेयर रमेश महर्जन र पूर्व वडाअध्यक्ष नुच्छे महर्जनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कीर्तिपुर-१० मा तारा चिन्हबाट उम्मेदवार रहेकी रुपा महर्जनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए।

पूर्व मेयर रमेश महर्जनले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकी हेलिकप्टरमार्फत बाहिरिनु परेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनतासँग पुनः मत माग्ने नैतिक अधिकार नभएको टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank