काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका छन्।
ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा सङ्घ सङ्घीय कार्यसमितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिता जनाउँदै उनले फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका हुन्।

नेपालको मौलिक चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्त्वपूर्ण योगदान दिँदै बताउँदै उनले भने, ‘राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु सबैको साझा दायित्व हाे।’ यस्तै राष्ट्रपति पौडेलले सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने बताएका थिए।


























Leave a Reply