‘जेनजी नेताहरू प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्’

दलित अनलाइन फाल्गुन ४, २०८२

काठमाडौँ —  नेकपाका संयोजक प्रचण्डले नयाँ पुस्ता (जेनजी) ले देशको नेतृत्वका लागि आफूलाई नै प्रधानमन्त्रीका रूपमा हेर्न चाहेको दाबी गरेका छन्। गृहजिल्ला रुकुम पूर्वको चुनावी अभियानका क्रममा टोलटोलमा पुगेका दाहालले ‘जेनजी’ हरूले नेकपा नै आफ्नो वास्तविक अभिभावक भएको बुझिसकेको जिकिर गरे।

आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको संवादमा उनले भने, “जेनजीका मुख्य नेताहरूले प्रचण्डलाई नै प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्। यसको अर्थ म आफैँ पदको भोको भएको होइन, बरु देश र जनताको बदलिँदो चाहना बुझ्नुपर्छ भन्न खोजेको हुँ।”

सहिद मार्गदेखि समाजवादसम्मको खाका मैकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले सहिद मार्गको अवधारणा जनयुद्धकालमै आफूले अघि सारेको स्मरण गरे। सहरतारा हुँदै चीनको सिमानासम्म कालोपत्रे सडक विस्तार गर्ने आफ्नो सपना रहेको उल्लेख गर्दै उनले भने, “मध्यपहाडी राजमार्ग मेरै कार्यकालमा सुरु भएको हो, अब यसलाई अझ स्तरीय बनाउने मेरो प्रतिबद्धता छ।”

Nic asia bank

उनले नेपालको मौलिक समाजवादको आधारभूमि रुकुम पूर्व नै बन्ने दाबी समेत गरे। “हामीले चीन र भियतनामको मोडल पढ्यौँ तर नेपालमा ‘नेपाली समुदायमा आधारित’ मौलिक समाजवाद निर्माण हुन्छ, जसको उर्वर भूमि यही क्षेत्र हो,” दाहालले थपे।

विरोधीहरूले चुनाव जित्न मात्र रुकुम आएको आरोप लगाएको प्रति टिप्पणी गर्दै दाहालले आफूलाई देशका १२ जिल्लाबाट एकल सिफारिस आएको दाबी गरे। “हिजोको मुख्य आधार इलाका रुकुम–रोल्पा नै हो। पहिले रोल्पाबाट सुरु गरियो, यसपटक रुकुम पूर्वबाट देश निर्माणको नयाँ अध्याय सुरु हुनेछ,” उनले स्पष्ट पारे।

बिहानैदेखि कार्यकर्ता र मतदातासँगको भेटघाटमा व्यस्त दाहाल आज मैकोट, कोल, फल्नै गर्खानी, गोलखाडा, राङ्सी र नाखा लगायतका क्षेत्रमा पुग्ने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank