प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड

दलित अनलाइन माघ १७, २०८२

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्नेतिर आफ्नो ध्यान नभएको बताएका छन्। सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूले प्रधानमन्त्री फेरि भएरै छोड्ने ? भन्दै प्रश्न गरेका थिए।

जवाफमा प्रचण्डले भने, ‘त्यतातिर मेरो ध्यान छैन।’ प्रचण्डले पछिल्लो समय भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेकामध्येबाट कोही नबन्ने दाबी गर्दै आइरहेका छन्।

Nic asia bank

नेकपा एमालेले अध्यक्ष केपी ओली, कांग्रेसले सभापति गगन थापा र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ। उनले सबै पार्टीलाई एक ठाउँमा नल्याएसम्म पार्टी एकता जारी पनि बताए।उनले भने, ‘सबै पार्टी एकै ठाउँमा नआउँदासम्म हाम्रो पार्टी एकता जारी रहन्छ। विचार मिल्ने जति सबै पार्टीसँग हामी एकता गर्छौँ। राष्ट्रलाई एक बनाएर छोड्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank