काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई भ्रष्टाचार अभियोगमा सफाई

दलित अनलाइन पुस २३, २०८२

काठमाडौँ —  काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भ्रष्टाचारको अभियोगबाट सफाई पाएका छन्।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले भ्रष्टाचार मुद्दामा परियारसहित सातै जनाले सफाई पाउने फैसला गरेको हो।

विशेष अदालतले मुद्दामा प्रतिवादी बनाइएका परियारसहित रविमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरी उपरको आरोपदाबी पुष्टि हुन नसकेको भन्दै सफाई पाउने फैसला सुनाएको हो।

Nic asia bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। काठमाडौँ महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ भ्रष्टाचार भएको दाबी अख्तियारको थियो।

भ्रष्टाचार आरोपबाट सफाई पाए पनि पूर्ण फैसला आउन भने बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank