काठमाडौँ — भदौ २३ र २४ गते भएको घटनाबारे छानबिनका लागि बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बयानका लागि पत्र काटेको छ।
केपी ओलीलाई बयानका लागि पत्र काटेको आयोग स्रोतले पुष्टि गर्यो। यद्यपि बयानको प्रकृतिबारे खुलाइएको छैन। ओलीले आयोगमा बयान दिन नजाने यसअघि नै घोषणा गरिसकेका छन्।

ओली बयानमा दिन नआए के गर्नुहुन्छ? भन्ने प्रश्नमा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भोलिको कुरा भोलि नै थाहा हुने प्रतिक्रिया दिएका थिए। आयोगसँग भौतिक उपस्थिति मै बयान लिने वा लिखित जवाफ लिने विकल्प हुने कानुनका जानकारहरू बताउँछन्।
तत्कालिन प्रधानमन्त्री ओलीसँग आजै मात्र राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे बयान लिएको छ।


























Leave a Reply