काठमाडौँ —बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत संस्थापक रहेको गतिशील लोकतान्त्रिक पार्टीले समानुपातिक सूचीमा ११ जनाको मात्र नाम निर्वाचन आयोगलाई बुझाएको छ।
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सोमबार राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकामा गतिशील लोकतान्त्रिक पार्टीले समानुपातिक सूचीमा ११ जनाको मात्र नाम निर्वाचन आयोगलाई बुझाएको हो ।
आदिवासी जनजाति, अल्पसंख्यक समुदाय र महिलालाई प्राथमिकतामा राखेर ११ जनाको सूची बुझाएको गतिलोका अध्यक्ष दिनेश प्रसाईंले जानकारी दिए। सूचीको १ नम्बरमा विश्वास प्रजा, दोस्रोमा करुणा डुम्जन र तेस्रोमा रेजिना गुरुङ छन् ।
त्यस्तै, नगमा खरेल, अल्का सापकोटा, दीर्घबहादुर खड्का, शैली चौधरी, अनामिका चौधरी, गीता केसी दर्नाल, रुबि खातुन र निशा राजवंशी पनि सूचीमा छन् ।


























Leave a Reply