उज्यालो नेपाल पार्टीले दलित समुदायबाट पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउँछ : किरण बिक

दलित अनलाइन पुस ५, २०८२

काठमाडौँ — युवा नेता किरण बिक उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने बताएको छ।  शनिबार राजधानीमा भएकाे कार्यक्रममा विकले दलित समुदायबाट राज्यको शिर्षस्थानमा नहुँदा न्याय नपाएको भन्दै आफ्नो पार्टीले आउँदो चुनावमा मुख्य एजेण्डा बनाउने समेत जनाए।

बिकले देशभर रहेका करिब ७० लाख दलितलाई अधिकार दिने राजनीतिक कार्यदिशा रहेको बताउँदै भने, ‘मुख्य पुराना दलहरुले दलित समुदायलाई सत्तामा पुग्ने भर्याङ र भोट बैंकको रूपमा मात्र प्रयोग, तर उज्यालो नेपाल पार्टीले उनिहरुलाई निर्णायक नेतृत्वमा पुर्याउने छ।’

Nic asia bank

उनले जेन्जी आन्दोलनका क्रममा भएका दलित सहिद तथा दलित घाइतेको उच्च सम्मान गरिने र उनीहरूको सम्मानमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता जाहेर गरे।

‘उज्यालो नेपाल पार्टीले अवलम्बन गरेको सामुदायीक समाजवाद नै दलित समुदायको हक–हितको संरक्षण, सामाजिक न्याय सुनिश्चित र दलित विभेदको अन्त्य गर्ने प्रभावकारी राजनीतिक दर्शन हो,’ बिकले भने।

उनले एमाले, कांग्रेस र माओवादी जस्ताः पुराना दलहरूले दलित समुदायलाई वास्तविक राजनीतिक अवसर नदिई भोटको मात्र दुरुपयोग गरेको आरोप लगाए।

सुशासनलाई आधार बनाएर उज्यालो नेपाल पार्टीले निजामती सेवा, प्रहरी, पुरस्कार प्रणाली, अदालत तथा गैरसरकारी संस्थाहरूमा दलितको सहभागिता सुनिश्चित गर्ने र त्यहाँ हुने विभेदविरुद्ध कडा कारबाही गर्ने नीति लिएको उनले बताए।

‘देश धनी भएपछि दलितमा लगानी गर्ने होइन, सुरुबाटै दलित समुदायमाथि लगानी गरे देश आफैँ धनी हुन्छ,’ भन्दै उनले दलितलाई गरिब बनाएर देश समृद्ध बन्न नसक्ने स्पस्ट पारे।

आगामी फागुन २१ गते हुने निर्वाचनमा करिब ७० लाख दलित उज्यालो नेपाल पार्टीको पक्षमा उभिने विश्वास व्यक्त गर्दै बिकले दलितको नाममा खोलिएका छुट्टै दलहरूले थ्रेसहोल्ड मतसमेत कटाउन नसक्ने दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank