गोवा नाइट क्लव आगलागीमा परी चार नेपालीको मृत्यु

दलित अनलाइन मंसिर २२, २०८२

काठमाडौँ — भारतको गोवामा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको ज्यान गएको छ।

गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लवमा भएको उक्त घटनामा २५ जनाको मृत्यु भएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार घटनामा मृत्यु हुनेमा २० जना क्लबका कर्मचारी छन्। ति कर्मचारीमध्ये चार जना नेपाली नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। आगलागीमा परी मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । तर उनीहरुको घर ठेगाना खुलेको छैन। गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने समाचारमा जनाइएको छ।

Shivam Cement

शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी भएको थियो । आगोमा परेर ग्याँस सिलिण्डर पनि विष्फोट भएपछि भयावह भएको थियो । घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पनि बताइएको छ।

उक्त घटनामा गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank