विश्वासको मत पाउने नदेखेपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

दलित अनलाइन कार्तिक २२, २०८२

काठमाडाैं — मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन्।  विश्वासको मत दिलका लागि बोलाएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।

विश्वासको मतका लागि समय दिएपनि आफ्नो पक्षमा बहुमत नआउने देखेपछि उनले राजीनामा घोषणा गरेका हुन्। उनले आजै राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयम बुझाउने बताइएको छ।

लोसपाका सोनाल असोज २९ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

१०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ।

Shivam Cement

शनिबारको बैठकमा माओवादीका दुई सांसद रहवर अन्सारी र माला राईले संसदमै पार्टीबाट जस्तो निर्देशन आएपनि सोनाललाई विश्वासको  मत नदिने घोषणा गरेका थिए। यस्तै, जनमतबाट जनस्वाराज पार्टीमा गएका सांसदद्वय सतिशकुमारसिंह र त्रिभुवन शाह तथा संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी बैठक अनुपस्थित भएका मुख्यमन्त्री सोनालले विश्वासको मत पाउने अवस्था थिएन्।

बहुमतका लागि ५४ मत आवश्यक पर्नेमा यस्तो अवस्थामा विश्वासको मतमा जाँदा उनको पक्षमा ५० मत मात्र पर्ने थियो। सोही कारण उनले विश्वासको मत नलिई राजीनामा घोषणा गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank