काठमाडाैं — भारताको बिहार राज्यमा भइरहेको विधानसभका निर्वाचनका लागि आज दोस्रो चरणको मतदान सुरु भएको छ। ६ नोभेम्बरमा पहिलो चरणको मतदान भएको थियो।
यो राज्यका कूल २४३ मध्ये पहिलो चरणमा १२१ सिटमा निर्वाचन भएको थियो। त्यसमा चर्चित नेताहरू तजस्वी यादव, तेजप्रताप याद र सम्राट चौधरीसहित लगभग १३१४ उम्मेवारको ‘नतिजा’ मेसिनमा कैद भइसकेको छ। यद्यपि चुनावको अन्तिम परिणाम भने कात्तिक २८ गते घोषणा हुनेछ।
बिहारको चुनावी इतिहासमा पहिलो चरणमै ६४.६६ प्रतिशत मत खसेको छ। १९५२ देखि सन् २०२५ सम्मको चुनावी इतिहासमा यो सर्वाधिक मतदान हो। लालुप्रसाद यादवको ‘विरासत’को राजनीतिले चिनिएको बिहारका अनेक राजनीतिक किस्साहरू छन्।
_UAliKuUxWq.gif)
२४३ सिटका लागि हुन लागेको यो चुनावमा यसपालि तीन पात्र चर्चामा छन्- लालुका छोरा तेजस्वी यादव, ‘पल्टुराम’ नितिशकुमार र नयाँ अनुहार प्रशान्त किशोर।
यद्यपि प्रशान्त किशोर आफै भने चुनाव लडेका छैनन्। तर उनले हालैमात्र बनाएको नयाँ पार्टी जन सुराज पार्टी अहिले बिहारको राजनीतिमा निकै चुलिएको छ। तथापि यो नयाँ पार्टीका लागि पहिलो परीक्षा पनि हुनेछ।
यसपालिको चुनावमा दुई गठबन्धन र नयाँ पार्टीबीच त्रिपक्षीय भीडन्त छ। बिहारको सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)मा भारतीय जनता पार्टी (भाजपा), जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी अवाम मोर्चा र राष्ट्रिय लोक मोर्चाआवद्ध छन्।
त्यस्तै विपक्षीहरूको (महागठबन्धन)मा राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कांग्रेस, विकासशील इन्सान पार्टी, कम्युनिष्ट पार्टी अफ इन्डिया (मार्क्सवादी–लेनिनवादी), कम्युनिस्ट पार्टी अफ इन्डिया र कम्युनिष्ट पार्टी अफ इण्डिया (मार्क्सवादी)लगायत छन्।
‘एनडिए’ गठबन्धनले ७४ वर्षीय नितिश कुमारलाई मुख्यमन्त्री उम्मेदवार बनाएको छ। ‘महागठबन्धन’ ले राष्ट्रिय जनता दल (आरजेडी) का ३५ वर्षीय तेजस्वी यादवलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ।
बिहारमा लगभग ७ करोड, ४३ लाख ५५ हजार ९७६ मतदाता छन्। यो नेपाली भूमिसँग सिमाना गाँसिएको भारतीय राज्य हो। त्यसकारण चुनावका लागि यो राज्यसँग सिमाना गाँसिएका विभिन्न नाकाहरू बन्द गरिएका छन्।


























Leave a Reply