काठमाडाैं — राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेका मुलुकलाई सुरक्षित अवतरण गराउने जिम्मेबारी राजनीति दलहरूको रहेको बताएका छन्।
सभामुख, राष्ट्रियसभा अध्यक्षसहितको संसदीय पदाधिकारीको प्रतिनिधिमण्डलसँगको भेटमा शुक्रबार राष्ट्रपति पौडेलले जनतामा कायम अन्योल हटाउन दल र तिनका नेताहरूको भूमिका आवश्यक रहेको बताएका हुन्।
_UAliKuUxWq.gif)
राजनीतिक दलका नेताहरूले मुलुकको यथार्थ अवस्थालाई नजरअन्दाज गरेर अभिव्यक्ति दिदाँ त्यसले देश र जनतालाई अन्योलमा पार्ने उनको भनाइ थियो, राष्ट्रपति पौडेलले भने, ‘राजनीतिक दल र दलका नेताहरूले देश र जनतालाई अन्योलमा राख्ने होइन । मुलुकलाई अन्योल मुक्त गराउने नेताहरूको धर्म हो।’
राष्ट्रपति पौडेलले नेपालको संविधानले राष्ट्रपतिलाई कुन अवस्थासम्म हस्तक्षेप गर्ने अधिकार दिएको छ भन्नेबारे सबै जानकार रहेको बताउँदै जटिल र गम्भीर अवस्थामा पुगे मुलुक र जनता जोगाउन मात्रै आफू कार्यकारी भूमिकामा देखिने उल्लेख गरे। उनले भने, ‘राष्ट्रपतिले हस्तक्षेप गर्नेपर्ने अवस्थाको दुरुपयोग नहोस् भन्नेमा म चिन्तीत र सचेत छु ।’


























Leave a Reply