नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न मानवअधिकार आयोगको आग्रह

दलित अनलाइन अशोज २२, २०८२

काठमाण्डौ — राष्ट्रिय मानव अधिकार आयोगले शान्ति–सुरक्षाको बिषयमा चिन्ता व्यक्त गर्दै नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गरी मानव अधिकारको संरक्षण गर्न आग्रह गरेको छ ।
आयोगले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गरी मानव अधिकारको संरक्षण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको हो । पछिल्ला राजनीतिक घटना, प्रदर्शन तथा हिंसात्मक गतिविधिका सन्दर्भमा आयोगबाट उक्त विज्ञप्ति आएको छ।

आयोगले (जेनजी आन्दोनका बेला गत असोज २३ र २४ गते भएको हिंसात्मक गतिविधिबाट मानव अधिकार उल्लंघनका घटनाहरू देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । उक्त घटनामा मानव अधिकार प्रतिकूल असर पर्ने, सामाजिक सम्पत्ति नष्ट हुने र कानूनको शासन कमजोर बन्ने खतरा रहेको भन्दै आयोगले गम्भीर चासो समेत प्रकट गरेको छ ।

साथै, आयोगले हिंसात्मक गतिविधि, अवरोध, तोडफोड, नकारात्मक टिप्पणी र उत्तेजनाले सामाजिक सद्भाव बिग्रने चेतावनी दिंदै सबै पक्षलाई संयमित रहन र राजनीतिक प्रतिवद्धता देखाउन समेत आग्रह गरेको छ । शान्ति–सुरक्षालाई सबल बनाउन कानूनी शासन, सामाजिक सद्भाव र नागरिक आस्थामा आधारित स्थायी राजनीतिक समाधान खोज्नु आवश्यक भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्का लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने र सम्बद्ध निकायले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने भनाई आयोगको छ ।

नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालासँग मानव अधिकार र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा सहकार्य गर्न पनि अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank