काठमाडौँ — दशैंको चापलाई लक्षित गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ।
चाडपर्वको बेला वायु सेवा कम्पनीहरूले मनपरी भाडा उठाउनेक्रम रोक्न प्राधिकरणले अधिकतम भाडा सीमा निर्धारण गर्दै, त्यसभन्दा बढी शुल्क लिने कम्पनीलाई कारबाही गरिने चेतावनीसमेत दिएको छ।
सरकारबाट स्वीकृत भाडादरभन्दा बढी रकम लिएको पाइएमा वायु सेवा प्रदायक कम्पनीहरूमाथि कडा कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणले तोकेको सूचीअनुसार सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी उडानको १७ हजार ५७९ रुपैयाँ रहेको छ भने सबैभन्दा कम भाडा काठमाडौं–सिमरा उडानको ३ हजार ९७८ रुपैयाँ तोकिएको छ।
चाडबाडको अवसर पारेर विगतमा हवाई कम्पनीहरूले सामान्यभन्दा दोब्बरसम्म भाडा असुलेको गुनासो आउँदा, यसपटक प्राधिकरणले अग्रिम रूपमा उच्चतम सीमा तोकेको हो।
तोकिएको अधिकतम हवाई भाडादर यस्तो छ—

प्राधिकरणले यात्रुहरूलाई पनि सचेत रहन आग्रह गर्दै स्वीकृत भाडादरबारे जानकारी लिएर मात्र टिकट काट्न अनुरोध गरेको छ।


























Leave a Reply