काठमाडौं— गाजामा सक्रिय विद्रोही समूह हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्बिर’ जारी गरेको छ।
इजरायली सेनाले कब्जा गर्दै घेराबन्दीमा पारेको एन्क्लेभको सबैभन्दा ठूलो शहरी केन्द्रमा आक्रमण जारी राखेपछि हमासले बन्धकहरूको तस्बिर सार्वजनिक गरेको हो।
हमासले सार्वजनिक गरेको ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्बिर’मा नेपालका विपिन जोशीको पनि तस्बिर समावेश छ।
कसम ब्रिगेडले शनिबार अनलाइनमा एउटा संकलन तस्बिर पोस्ट गरेको छ, जसमा सबै जीवित र मृत बन्दीहरूको अनुहार देखाइएको छ। तर, सबैको नाममा १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका कप्तानको सन्दर्भ जोड्दै नामको ठाउँमा ‘रोन अराद’ क्याप्सन लेखिएको छ।

दक्षिणी लेबनानमा आक्रमणको क्रममा अरादको एफ–४ फ्यान्टममा बम विस्फोट भएको थियो। उनलाई अमल आन्दोलनले कब्जा गरेको थियो र पछि हिजबुल्लाहलाई हस्तान्तरण गरिएको थियो। अरादको मृत्यु भएको मानिन्छ, तर उनको बारेमा निर्णायक प्रमाण उपलब्ध छैन।
हमासले जारी गरेको तस्बिरसँगै ‘नेतान्याहूको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुने बेलामा यो बिदाई तस्बिर हो’ उल्लेख गरिएको छ।


























Leave a Reply