काठमाडौं— गृह मन्त्रालयले जेन–जी आन्दोलनमा शहीद भएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली लगत्तै शहीदको सम्मानमा राष्ट्रिय शोक र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन्।
शोक दिवसबारे आगामी मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले बताएका छन्। त्यस्तै गृहमन्त्री अर्यालले आन्दोलनमा शहीदका परिवारलाई एक लाख-एक लाख रूपैयाँका दरले किरिया खर्च दिने निर्णय गरेका छन्।

त्यस्तै मन्त्रालयले जेन–जी आन्दोलनका शहीदहरूको शवहरूको व्यवस्थापनका लागि सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट शव पुर्याउने निर्णय गरेको छ।
त्यस्तै मन्त्रालयले जेन–जी आन्दोलनका शहीदहरूको शवहरूको व्यवस्थापनका लागि सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट शव पुर्याउने निर्णय गरेको छ।


























Leave a Reply