बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

दलित अनलाइन साउन २०, २०८२

काठमाडौं — बागमती प्रदेश सरकारको मुख्य मन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्।

नेपाली कांग्रेस बागमती प्रदेशसंसदीय दलको नेता बानियाँ प्रदेशसभामा कांग्रेस र एमालेका गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि बनेका हुन्। बागमतीमा ११० सदस्यीय प्रदेश सभा छ।

बानियाँलाई सोमबार दिउँसो बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन्। बानियाँ २०७३ सालमा संघिय सरकारको गृह राज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भइसकेका छन्।

उनी प्रदेशसभाको दोस्रो कार्यकालमा दलको नेताबाट पराजित भएका थिए । तर साढे २ वर्षपछि दलको नेताबाट बहादुर सिंह लामालाई हटाएर आफैं मुख्यमन्त्री बन्न सफल भएका हुन्।

यसअघि कांग्रेसबाट मुख्यमन्त्री रहेका बहादुर सिंह लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेपछि लामाले दलको नेताबाट राजिनामा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank