काठमाडौं — कुलिङ अफ पिरियडमा भएको त्रुटिबारे छानबिन गर्न बनेको समितिमा सहमति भएको छ। संघीय निजामती सेवा विधेयक, २०८० मा भएको त्रुटिबारे छानबिन गर्न बनेको समितिमा रातभरको छलफलमा सहमति भएको हो।
छानबिन विशेष समितिले प्रतिवेदन समेत तयार गरेको छ। रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन आज बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय भएको समिति सदस्य माधव सापकोटाले जानकारी दिए। समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको उनले बताए।

भविष्यमा यस्ता त्रुटि हुन नदिन विशेषज्ञसँग परामर्श गरेर विशेष समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ।
प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो। समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीाबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन्।


























Leave a Reply