‘बोरा’ लाई अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कार

दलित अनलाइन साउन ५, २०८२

काठमाडौं —   अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले २०२५ का लागि अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ लाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि एक हजार अमेरिकी डलर (१ लाख ३७ हजार ६७३ रुपैयाँ) छ । अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक भण्डारीको ‘बोरा’ ले यसअघि लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार, २०८१ पनि प्राप्त गरेको थियो ।

Shivam Cement

शनिबार जुममार्फत सम्पन्न २१२औं भानु जयन्ती समारोह एवं अनेसास वार्षिक साधारणसभामा पुरस्कारहरूको घोषणा गरिएको हो । नेपाली भाषा, साहित्य र संस्कृति प्रबद्र्धन एवं अन्तर्राष्ट्रिय प्रचार प्रसारमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको अनेसासले लामो समयदेखि वार्षिक रूपमा स्वदेश तथा विदेशमा नेपाली भाषामा प्रकाशित कृतिहरू संकलन गरी पुरस्कृत गर्ने गरेको छ । यसपटक समावेशी रूपमा सिर्जनशील स्रष्टाहरूको मूल्यांकन गरिएको अनेसासले जनाएको छ । ११ विधामा उत्कृष्ट कृतिहरू सार्वजनिक गर्दै विभिन्न विधामा अनेसास साहित्य पुरस्कार घोषणा गरेको हो ।

सबैभन्दा ठूलो नगद राशि (२ हजार १ सय डलर) को ‘अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कार’ रोशन थापा ‘नीरव’ को उपन्यास ‘सन्त्रासका ६० दिन’ लाई प्रदान गर्ने घोषणा गरिएको छ । उक्त पुरस्कार अनेसास/गोपी उप्रेतीका तर्फबाट प्रदान गरिने छ ।

त्यस्तै एक हजार डलर राशिका अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार कृसु क्षेत्रीको ‘पसिनाको क्यानभास,’ अनेसास तीर्थ पाण्डेय सर्वाेत्कृष्ट निबन्ध नियात्रा संस्मरण पुरस्कार मोमिला जोशीको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’, अनेसास नन्दादेवी सर्वाेत्कृष्ट लोकसाहित्य पुरस्कार शशिराम कार्कीको ‘रुकुमका लोककथा’ लाई प्रदान गरिएको छ ।

अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार कृष्ण कुसुमको कथासंग्रह ‘पाश्र्वध्वनि’, अनेसास सर्वाेत्कृष्ट समालोचना, दर्शन तथा संस्कृति पुरस्कार डा. दुर्गाबहादुर घर्तीको ‘सांस्कृतिक अध्ययन’ र ‘अनेसास सर्वोत्कृष्ट डायस्पोरा वाङ्मय पुरस्कार’ तुलसी आचार्यको उपन्यास ‘स्वप्न भूमि’ लाई प्रदान गर्ने घोषणा गरिएको छ । त्यसैगरी, पाँच सय डलरको अनेसास सर्वोत्कृष्ट गीत र गजल पुरस्कार लक्ष्मण सिटौलाको गीति संग्रह ‘धर्तीको ध्वनि’, अनेसास सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार विमला ढुंगाना निरौलाको ‘यात्रामा देश’ र अनेसास सर्वोत्कृष्ट डायस्पोरा काव्य पुरस्कार जगन्नाथ पौडेलको कविता संग्रह ‘बग्दैबग्दै’ लाई दिइने भएको छ ।

अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा पुरस्कार घोषणा कार्यक्रम भएको थियो । पुरस्कार वितरण अमेरिकाको वासिङ्टन डीसीमा गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank