प्रस्तावित न्यायाधीशका विषयमा समितिबाट निर्णय हुन सकेन

दलित अनलाइन असार १६, २०८२

काठमाडौं, असार १६  — सर्वोच्च अदालतलमा प्रस्तावित तीन जना न्यायाधीश र न्यायपरिषदको प्रस्तावित सदस्यको संसदीय सुनुवाइ सोमबार सकिएको छ। सुनुवाई सकिए पनि न्यायाधीशको निर्णय भने रोकिएको छ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा र न्याय परिषद सदस्य महेश नेपालको सुनुवाई सकिएको हो।

आइतबारदेखि उनीहरूको संसदीय सुनुवाइ सुरू भएको थियो। सोमबार सबैको संसदीय सुनुवाइ सकिए पनि प्रस्तवित न्याय परिषद सदस्य महेश नेपालको मात्र नाम समितिबाट अनुमोदन भएको छ।

सुनुवाइ भइरहेका प्रस्तावित न्यायाधीशको उजुरीका सन्दर्भमा थप बुझ्नुपर्ने भएको भन्दै अनुमोदन प्रक्रिया रोकिएको हो।

संसदीय सुनुवाइ समितिले सनुवाइ सकिएलगत्तै अनुमोदन गर्ने अभ्यास रहे पनि यसपल्ट रोकिएपछि कौतुहल उत्पन्न भएको छ।

यद्धपि, समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले समय अभावका कारण अनुमोदन नभएको बताइन्। अब अर्को बैठकबाट समितिले निर्णय गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank