
काठमाडौं, असार १३ — प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेनको औपचारिक भ्रमणका लागि प्रश्थान गर्ने भएका छन्।
प्रधानमन्त्री ओली स्पेनमा आयोजना हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन शनिबार साँझ त्यसतर्फ जान लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार असार १६ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तय भएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनी समकक्षी पेड्रो सेन्चेजसँग द्विपक्षीय भेटवार्ता गर्ने जनाइएको छ । सो अवसरमा दुई देशीय विकास साझेदारीका केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यसूची समेततय भएको छ।
प्रधानमन्त्री ओलीले सम्मेलनका अवसरमा स्पेनमा अन्य विभिन्न मुलुकका समकक्षी तथा सहयोगी निकायका उच्च अधिकारीसँग छलफल गर्ने गरी स्पेनस्थित नेपाली दूतावासले तयारी गरिरहेको सचिवालयले जनाएको छ।
औपचारिक कार्यक्रमबाहेक त्यहाँस्थित नेपाली समुदायसँग पनि अन्तक्र्रिया गर्ने कार्यक्रम छ। नेपालसँग स्पेनको सन् १९६८ मा दौत्य सम्बन्ध स्थापना भएको हो।
Leave a Reply