त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्समाथि नेपालको शानदार जित

दलित अनलाइन असार ६, २०८२

काठमाडौँ — त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले सानदार जित निकालेको छ।

स्कटल्याण्ड्समा जारी सिरिजअन्तर्गत बिहीबार राति ग्लास्कोमा भएको खेलमा नेपालले नेदरल्याण्डलाई ६ विकेटले हरायो। नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो।

नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए। यस्तै, आरिफ शेखले २३ बलमा ३ चौका र २ छक्कासहित ३९ रन बनाए। उनको खुट्टामा समस्या आएपछि उनी १९औं ओभरमा रिटायर्ड आउट भए।

Shivam Cement

त्यस्तै टि–२० आईमा डेब्यू गरेका भीम सार्कीले १६ बलमा २ चौका र एक छक्का सहित २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १६ रन बनाए। लोकेश बमले अन्तिम ओभरमा २ छक्का हान्दै टिमलाई जित दिलाए। बलिङमा नेदरल्यानड्सका आर्यन दत्त, बेल फ्लेचर, जेच लायन काचेट र भान डेर मर्वेले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि माइलक लेविटले ५३ बलमा ६ चौका र ५ छक्का मद्दमा ८६ रन बनाउँदा रोलेफ भान डेर मर्वेे ३६ र आर्यन दत्तले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा करण केसीले २ विकेट लिए भने ललित राजवंशी, दीपेन्द्र, रुपेश सिंह र सन्दीप लामिछानेले समान १ विकेट लिए।

यो जितपछि नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । २ जितपछि नेपालेका ४ अंक भएको छ। अब नेपालले आजै हुने खेलमा स्कटल्यान्डलाई हराउन सके सिरिज जित्ने छ।

नेपालका लागि करण केसीले दुई विकेट लिएका थिए । चार ओभर बलिङ गरेका करणले ४० रन खर्चिए । त्यस्तै दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश कुमार सिंहले एक एक विकेट लिए ।
यो जितसँगै नेपाल तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । अब नेपालले शुक्रबार घरेलु टोली स्कटल्याण्ड्सको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank