
काठमाडौँ – पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो ।
आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए । आफूलाई जारी भएको पक्राउ पूर्जिविरुद्ध पाठकले दायर गरेको रिटमा अदालतले सो आदेश गरेको हो ।
न्यायाधीश ऋषिराज भडारीले दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाएका छन् । अदालत स्रोतका अनुसार यो आदेशअनुसार ५ गतेसम्म प्रहरीले पक्राउ गर्न सक्ने छैन ।
विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो ।
Leave a Reply