‘सम्मानित अदालतबाट न्याय प्राप्त हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ’

दलित अनलाइन जेष्ठ २९, २०८२

काठमाडौँ —  काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सम्मानित अदालतबाट न्याय प्राप्त हुनेमा पूर्ण विश्वास रहेको बताएका छन् ।

परियारले  विहिबार सामाजिक संजालमा स्टाटस राख्दै सम्मानित अदालतबाट न्याय प्राप्त हुनेछ भन्नेमा पूर्ण विश्वास रहेको बताएका हुन् ।

Shivam Cement

उनी लेख्छन्, ‘मैले मेरो पेशागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तर दायित्वका साथ काम गरेको छु। अहिले प्रश्न उठेकाले मैले अदालती प्रक्रियाको सम्मान गर्दै सोको विधिसम्मत रूपमा सामना गर्नेछु। सम्मानित अदालतबाट न्याय प्राप्त हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुशी क्षेत्रमा ढल निर्माण परियोजनामा अनियमितता भएको ठहर गर्दै काठमाडौं महानगरपालिकाका निर्देशकहरू रविन्द्र मान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, इन्जिनियर जनार्दन गरी, सहायक निर्देशक उत्तम दाहाल लगायतका विरुद्ध मुद्दा दायर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank