
काठामडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद परियारले भने, ‘जातीय विभेद छैन भन्दै सत्यलाई लुकाउन खोजिएको छ । हामी दिउँसै रात पार्न खोजेका छौँ । सत्यबाट भाग्न खोजिरहेका छौँ ।’
सांसद परियारले विभेद छैन भनेपछि न्याय दिन पर्दैन भनेर पनि भाग्न खोजेको आरोप पनि लगाए । राज्यले अहिलेसम्म नेपाली समाजको वास्तविक समस्याको पहिचान गर्न सकेको उनले बताए । समाजको वास्तविक समस्या राज्यले बुझ्न नसक्दा नागरिक र राज्यबिच सम्बन्ध बलियो हुन नसकेको दाबी परियारको छ ।
परियारले संविधानमा लिपिबद्ध गरेका जनताका अधिकारलाई कार्यान्वयन गर्ने बजेट ल्याउन सरकारलाई आग्रह गरे ।
Leave a Reply