न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीमाथि कारवाहीको मागसहित परिषदमा उजुरी

दलित अनलाइन बैशाख २५, २०८२

काठामडौं   — उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीमाथि छानविन र कारबाही हुनुपर्ने माग राखेर न्याय परिषदमा उजुरी दर्ता भएको छ ।

पीडित परिवारले बिहीबार फैसलामा संलग्न उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीविरूद्ध उजुरी दिएको हुन्।  फैसला बदर र न्यायाधीशमाथि कारवाहीको माग राखेर सोती घटनामा हत्या गरिएका नवराज विकका बुवा मुनलाल नेपाली, गोविन्द शाहीकी आमा भिमीकुमारी बुढाथोकी शाही र लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनारले न्यायाधीशद्वयलाई  कारबाही हुनुपर्ने माग उजुरीमा गरेका छन् ।

Laxmi sunrise bank 2034

करिब ५ वर्षअघि (१० जेठ २०७७) कथित उच्च जातकी केटीसँग प्रेम-विवाह गर्न खोजेको निहुँमा रुकुम-पश्चिम, चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोट, भेरी नगरपालिका-४, रानागाउँका २१ वर्षीय नवराज विकसहित उनका ५ साथीसमेतको हत्या गरिएको घटनालाई उच्च अदालत सुर्खेतले जातीय विभेद होइन भनेपछि दलित समुदाय आक्रोशित छ।

उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यही वैशाख १६ गते नवराज विकसहित ६ जनाको हत्या मुद्दाका २३ प्रतिवादीविरुद्ध जिल्ला अदालतले गरेको जन्मकैदको फैसला सदर गरे पनि जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरेपछि दलितहरू विरोधमा उत्रिदै न्यायाधीशद्वयलाई  कारबाही हुनुपर्ने मागसमेत दलित अधिकारकर्मीहरूले गरिरहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank