प्रधानमन्त्रीको बेडरुममा बिचौलिया भनेका गगनलाई वर्षमानले दिए धन्यवाद

दलित अनलाइन बैशाख १२, २०८२

काठमाडौं  — नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई धन्यवाद दिएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पुनले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुगेको भन्ने गगनको अभिव्यक्तिलाई लिएर धन्यवाद दिएका हुन्।

वर्तमान सरकार बनेदेखि स्वार्थ समूहको काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम भएकाे भन्दै उनले भने, ‘आज हामीले मात्रै होइन, सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका सदस्यले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो, ढिलै भएपनि सत्य बोल्नुभएकोमा धन्यवाद छ।

सरकार गठन हुँदादेखि नै बिचौलिया सक्रिय भएको उनकाे आरोप थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank