आनन्दीदेवी सदाय मृत फेला प्रकरण : मधेश प्रदेश प्रहरी कार्यालयले गर्‍यो तीन सदस्यीय छानबिन समिति गठन

दलित अनलाइन बैशाख ५, २०८२

सिरहा —  यौन दुर्व्यवहारमा परेकी २५ वर्षीया आनन्दीदेवी सदाय घरभित्रै मृत भेटिएको घटना प्रकरणमा मधेश प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति  गठन गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यका अनुसार वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा प्रहरी निरीक्षक विक्रम शाह र एकजना प्रहरी सहायक हवल्दार सदस्य छन्। समितिले बिहीबारदेखि नै काम थालिसकेको जानकारी दिँदै उनले यौन दुर्व्यवहारपीडितले दिएको जाहेरी ढिलो दर्ता गरिएको, घटनासँग सम्बन्धित अन्य पक्ष र  स्थानीय प्रहरीको भूमिकाको विषयमा छानबिन गरिनेछ ।

Laxmi sunrise bank 2034

‘घटनापछि प्रहरीले जाहेरी दर्ता गर्न ढिलाइ गरेको कुरा पनि मिडियमा आएका छन्,’ उनले भने, ‘छानबिन समितिले त्यो पाटोसहित घाउजाँच केस, मेडकिल रिपाेर्टसहितका विषयको मिहिन छानबिन गर्नेछ,’ उनले भने, ‘समितिले उक्त घटनामा दोषी औँल्याएका प्रहरी भए पनि कारबाही हुन्छ ।’ त्यसबाहेक यौन दुर्व्यवहारका घटनामा संलग्न स्थानीय दुई युवकको जिल्ला प्रहरीसहित स्थानीय प्रहरी युनिटले खोजी गरिरहेकाले पक्राउ परेलगत्तै कानुनी प्रक्रिया अगाडि बढाइने उनले बताए ।

आनन्दीदेवी मृत्यु प्रकरण घटनाको छानबिन समितिका संयोजक रहेका एसएसपी कोइराला गत २७ माघमा सामूहिक बलात्कारपछि शंकास्पद अवस्थामा मृत झुन्डिएको भेटिएकी नवराजपुर– १ भगवतीपुरकी करिब १७ वर्षीया रिंकु सदायको घटनाको पनि छानबिन समिति संयोजक थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank