कांग्रेस एमालेसँग मिसिन गएको होइन्, फोहोर सफा गर्न गएको हो : गगन थापा

दलित अनलाइन बैशाख २, २०८२

काठमाडौँ—  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य गर्दा अपेक्षित रुपमा जनताले चाहेका काम पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानमा केही कुराहरु बदलाव ल्याउने कुरा तुरुन्त प्रारम्भ हुन्छ भन्ने आशा भएपनि त्यो पूरा हुन नसकेको बताए।

‘कांग्रेसले भरोसा दिन सकेको छैन। नेकपा एमालेसँग मिलेर सरकारमा गयौं। एमालेसँग मिलेर सरकार गएपछि के ठानेका थियौं भने दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानका पनि केही कुराहरुमा बदलाव ल्याउने कुरा तुरुन्त काम प्रारम्भ गर्छौं,’ उनले भने, ‘खासगरी गभर्नेन्समा व्यापक सुधार गर्छौं भन्ने थियो । त्यो पनि ढिला भएको छ।’

Laxmi sunrise bank 2034

महामन्त्री थापाले २०६० देखि ७० सालसम्मको दश वर्ष माओवादी हिंसाले सृजना गरेको परिणामहरुको व्यवस्थापन गर्दै दश वर्ष वितेको बताए। अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि पनि धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको उनको भनाई छ।

‘यो २०६० देखि ७० सालसम्मको १० वर्ष माओवादी हिंसाले सृजना गरेका जतिपनि परिणामहरु रहे त्यसको व्यवस्थापन गर्दै १० वर्ष बित्यो । अब दौडने बेला भयो। संविधान पनि बन्यो सिस्टम पनि बन्यो,’ उनले भने, ‘त्यहाँभित्र पनि समस्या त छन् त्यसलाई सम्बोधन गर्ने सच्याउने कुरा त छँदै छ। अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि चाँही धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको छ।’

एमालेभित्रको फोहोर सफा गर्न सहकार्य गरेको भन्दै त्यही मिसिन भने नगएको दाबी पनि उलने गरे।

‘यत्ति कुरामा विश्वास गर्नुस् फोहोर सफा गर्न पोखरीमा छिरेका छौं। त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ,’ महामन्त्री थापाले भने, ‘तर, हामी मिसिन गएको होइन। सफा गर्न गएको हो, हामी मिसिदैनौं । त्यसकै अंग बन्न गएकै होइन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank