शिक्षकहरूको शैक्षिक हड्ताल, एसईई र अरु कक्षाका नतिजा के होलान् ?

दलित अनलाइन चैत्र २५, २०८१

काठमाडौँ—  नेपाल शिक्षक महासंघको आह्वानअनुसार आजदेखि देशभरका सामुदायिक विद्यालयहरू पूर्णरुपमा बन्द हुने भएका छन्।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले एक महिनादेखि नै काठमाडौंमा आन्दोलन गर्दै आएका छन्। आन्दोलनका लागि केही शिक्षकहरू एसईई तथा वार्षिक परीक्षाहरूसमेत छोडेर काठमाडौं आएका थिए। बाँकी शिक्षकहरू भने सबै परीक्षाहरू सकेर २० गतेदेखि काठमाडौं आइरहेका छन्।

एसईईलगायत सबै कक्षाका वार्षिक परीक्षाहरू सकिएका छन् र अब उत्तर पुस्तिका परीक्षण तथा नतिजा प्रकाशनको काम हुन्छ। त्योसँगसँगै वैशाखदेखि नयाँ शैक्षिक शत्रका कामहरू सुरु हुन्छन्। विद्यार्थी भर्नादेखि शैक्षिक शत्रका अभियानहरू पनि यही बेलादेखि सुरु हुन्छ।

Laxmi sunrise bank 2034

तर शिक्षक महासंघले भने विद्यालयका सबै शैक्षिक कामहरू रोकेर अर्थात् विद्यालय नै बन्द गरेर काठमाडौं आउन शिक्षकहरूलाई आह्वान गरेको छ।

यसबाट देशभरिका करिब ३४ हजार सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि ठप्प हुनेछन्। त्यसका कारण लगभग ७० लाख विद्यार्थीको शैक्षिक तयारी पनि बिथोलिनेछ। यसपटक करिब ५ लाख विद्यार्थीले एसईई दिएका छन्। र तिनको उत्तरपुस्तिका परीक्षणको समय भएको छ। तर शिक्षकहरूले आफ्ना माग पूरा नभएसम्म पुस्तिका जाँच नगर्ने भनेका छन्। त्यस्तै अरु कक्षाको नतिजा तयारी पनि यसबाट प्रभावित हुनेछ।

सरकारले शिक्षकहरूलाई वार्तामा बोलाइरहेको छ। तर ऐन जारी नहुँदासम्म आन्दोलन नरोकिने र त्यसबाहेक वार्ताको पनि औचित्य नभएको भन्दै शिक्षकहरू वार्तामा गएका छैनन्। शुक्रबार पनि उपप्रधानमन्त्री प्रकाशमान सिंह तथा शिक्षामन्त्री विद्या भट्टराईले सिंहदरबारमा वार्ताका लागि करिब डेढ घण्टा कुरेका थिए। तर शिक्षकहरू वार्तमा आएनन्।  सरकारले ऐन जारी गर्ने प्रक्रिया अघि बढाइरहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank