प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूको विरोध

दलित अनलाइन चैत्र १३, २०८१

काठमाडौँ —  नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाएको भन्दै प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले हंगामा गरेका छन्।

बुधबार संसद बैठक सुुरु हुने वित्तिकै प्रतिपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरेका थिए।

सांसदहरूले उठेर विरोध जनाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई सभामुखले बोल्न समय दिएका थिए।

उनले सरकारले विचौलियाको आदेशमा सरकारले कुलमानलाई हटाएको आरोप लगाए। उनले जुन प्रयोजनका लागि सरकार बनेको थियो त्यो औचित्य समाप्त भएको दाबी गरे। उनले सरकार नै ४ महिना टिक्ने आधार नभएपछि कुलमानलाई हटाएको दाबी गरे।

उनले भने, ‘चार महिनामात्र कार्यकाल बाँकी रहेका कुलमानलाई सरकारले किन हटायो? सायद ४ महिना पनि टिक्दैन भनेर होला कुलमानलाई हटाउन यति हतारो गरेको।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank