
काठमाडौं— जातीय आधारमा गाली-गलौज गदै अछाम जिल्ला प्रशासन कार्यालय अगाडी कुटिएका दिनेश नेपालीले आफुमाथि कुटपिट गर्नहरुलाई प्रहरीले पक्राउ नगरी उल्टो संरक्षण गरेको दावी गरेका छन् ।
फागुन १८ गते अछाम जिल्ला प्रहरी कार्यालय अगाडी जातीय आधारमा अछाम पन्चदेवल विनायक नगरपालिका ४ का दिनेश नेपाली गैदलितबाट कुटिएका थिए । आफुसँगै गएका गैदलित साथीाई कुटपिट नगरी नेपालीलाई मात्र गैदलितहरुको समूहले सामूहिक आक्रमण गरेका थिए ।
घटना लगतै जिल्ल प्रशासन कार्यालय अछाममा पीडित दिनेश नेपाली फागुन २२ गते दलित भएकै कारण हातपात र दुव्र्यवहार गरेको आरोपमा जाहेरी दर्ता गरेका थिए । पिडित नेपाली दिएको जाहेरीको आधारमा स्थानीय पन्चदेवल विनायक नगरपालिका ४ का रमेशबहादुर शाही र देवेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
आफुलाई जातीय आधारमा गाली-गलौज गर्ने मुख्य आरोपित स्थानीय बखत शाही,गाणेश शाही,देवेन्द्र शाही,तपेन्द्र शाहीलाई प्रहरीले पक्राउ नगरी उल्टो संरक्षण गरेको पिडित नेपाली बताए । नेपालीले भने, ‘दुई जनालाई पक्राउ गरी अन्य आरोपितहरुलाई उन्मुति दिने खेल हो कि जस्तो लाग्न थालेको छ, ‘घटनाको मुख्य आरोपित यतिका दिनसम्म पक्राउ परेको छैन ।’
नेपालीका अनुसार उनी अछाम जिल्ला अदालतमा चलिरहेको एउटा मुध्दामा साक्षी बसेका थिए । आरोपितहरुले दलितले साक्षी बस्न नपाउने भनी धम्की दिँदै आएका थिए । ज्यान मुद्दाका साक्षी दिनेशलाई आरोपितहरुले अछाम जिल्ला अदालत परिसरमा हातपात गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।
अहिले पनि घटनामा प्रमुख भूमिका निर्वाह बखत शाही लगायतको समूहले ज्यान मार्ने धम्की दिएका छन्, दलितको छोरी भएर गैदलितको साक्षी बसेको भनेर आफुमाथि कुटपिट र धम्की दिएको नेपाली बताए । ‘मलाई जातीय आधारमा गालीगालौज गरी कुटपिट भयो, तर उनीहरुले अझै धम्की दिइरहेका छन् । प्रहरीलाई घटनाको सबै बेलीविस्तार थहाँ छ । जाहेरी दर्ता भएको छ । तर मुख्य आरोपितहरु पक्राउ भएका छैन । उनीहरुले उल्टो धम्की अझै दिइरहेका छन् । तर प्रशासन उनीहरुको उल्टो बचाउँमा लागेको ।’
Leave a Reply