मन्त्रालयमै ऊर्जामन्त्री खड्कामाथि हातपात

दलित अनलाईन ३ माघ २०८१, बिहीबार १८:४४

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको पाइएको छ । ऊर्जामन्त्री खड्काले आफूमाथि मन्त्रालयमै हातपात भएको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्।

Shivam Cement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बढुनालीलकण्ठमा राखेको मन्त्रीसहितको संसदीय दल कार्यसमितिको बैठकमा खड्काले आफूमाथि हातपात भएको र सुरक्षाकर्मी समयमै नपुगेको गुनासो गरेका हुन् । मन्त्री खड्काले आफूमाथि गत शुक्रबार (पुस २६ गते) मन्त्रालयमै हातपात भएको खुलाएका हुन्।

मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा आफूमाथि हातपात भएको उनले खुलाएका हुन् । ‘एक व्यक्तिले दुर्व्यवहार गरेको हो। सामान्य घटना भएको हो । गोरखाको पोखरेल थरका व्यक्ति रहेछन् । मानसिक समस्या भएको व्यक्ति रहेछ,’ मन्त्री खड्काले घटनाबारे भने । बैठकमा सहभागी एक मन्त्रीका अनुसार खड्काले आफ्नो कुरा राख्ने क्रममा सुरक्षाको विषय उठाएका थिए ।

Laxmi sunrise bank 2034

मन्त्री खड्काले बैठकमा भनेका थिए, ‘गत शुक्रबार एक व्यक्तिले ममाथि मन्त्रालयमा नै दुर्व्यवहार गरेको थियो। गोरखाका एक पोखरेल थरका व्यक्तिले मन्त्रालयभित्रै ममाथि दुर्व्यवहार गरे ।’ गृहमन्त्री लेखकले भने समयमा जानकारी किन नदिएको भन्दै प्रश्न गरेका थिए । ‘मलाई समयमै किन भन्नु भएन ?’ लेखकको जवाफ उधृत गर्दै एक भने, ‘अब यस्ता घटना दोहोरिन दिइने छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank