कांग्रेस र एमालेबीच कुनै समस्या छैनः सभापति देउवा

दलित अनलाईन ३ माघ २०८१, बिहीबार १८:१६

काठमाडौँ —  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या रहेको बताएका छ्न।

बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा ब्रिफिङ गर्दै उनले एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने र दुई दलबीचमा कुनै समस्या नरहेको बताएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका हुन्।

Shivam Cement

उनले भने, ‘सभापतिको भनाई यही हो। एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने हो। मुलुकमा सुशासन र मूलुकमा आर्थिक समृद्धि गर्ने हो। यसै विषयमा केन्द्रित भएर तपाईहरू काम गर्नुस्। हामी दुई दलबीचमा कुनै समस्या छैन भन्ने नै आजको निष्कर्ष हो।’

उनले बैठकमा मन्त्रीहरूसँग सेवा प्रवाहको कुरामा नागरिकलाई बढि भन्दा बढि सेवा राम्रो ढंगले प्रवाह गर्ने र मूलुकमा आर्थिक समृद्धि गर्ने सुशासन कायम गर्ने कुरामा केन्द्रीत रहेर काम गर्ने कुरामा छलफल भएको बताए।

त्यस्तै उनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको घटना दुःखद भएको भन्दै घटनामा संलग्न जोसुकैलाई कारबाही गर्ने पनि बताए।

Laxmi sunrise bank 2034

उनले भने,‘यो देशमा लोकतन्त्र छ। व्यवसायिक स्वतन्त्रता छ। मानिसले आफ्नो व्यवसाय गर्न पाउँछ। त्यसमा बाधा व्यवधान गर्ने र अराजकता गर्ने कानुनविपरीत काम गर्ने जो सुकै पनि दण्डित हुन्छन्। जुन दिनेश त्रिपाठीमाथि घटना भएको छ। यो अत्यन्तै निन्दनीय र  गलत काम भएको छ। यस्तो अराजकता गर्ने जुनसुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank