अध्यादेश ल्याउनका लागि सरकारले संसद अधिवेशन बोलाएन : माओवादी केन्द्र

दलित अनलाईन २१ पुष २०८१, आईतवार १९:१३

काठमाडौँ —  नेकपा माओवादी केन्द्रले अध्यादेश ल्याउनका लागि सरकारले संसद अधिवेशन नबोलाएको आरोप लगाएको छ। धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा आजबाट सुरु भएको  नेकपा माओवादी केन्द्रको बैठकपश्चात पार्टीका प्रवक्ता एवम् उपाध्यक्ष सापकोटाले सरकारले संसद अधिवेशन नबोलाउनु रहस्यमय भएको बताएका हुन्।

‘कुनै वर्ष मंसिर २८ संसद अधिवेशन आह्वान भएको थियो तर अहिले पौषको २१ गते भइसक्दा पनि सरकारले संसद अधिवेशन बोलाएको छैन।’ उनले भने,‘हामीलाई के लागेको छ भने यो कुनै रहस्यमय तरिकाले सदन बोलाउन ढिलाई भइरहेको छ।’
राजनीतिक दल फुटाउन अध्यादेश ल्याए पार्टीले प्रतिवाद गर्ने उनको भनाई छ।

उपाध्यक्ष सापकोटाले आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावबारे जानकारी दिँदै नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतका पार्टीहरूसँग एकताको पहल गर्ने प्रस्ताव राखेको बताए। सापकोटाले गठबन्धन नगरी एक्लै चुनाव लड्ने गरी जानकारी गराइएको बताए।

Shivam Cement

अग्रगमनका पक्षमा संविधान सशोधनका लागि बहस र छलफल चलाउनुपर्ने, संक्रमणकालीन न्यायसंगसम्बन्धी समितिको पदाधिकारी नियुक्त गर्न पहल गर्ने लगाएका विषय अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेको सापकोटाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank