काठमाडौँ — विगतमा दलित समुदायमाथि कति विभेद, कति अन्याय र अत्याचार थियो अहिलेका पुस्तालाई थोरै मात्र जानकारी हुनसक्छ । भोग्नेहरुलाई सम्झिदा अहिले पनि मनमा विद्रोहको ज्वाला दन्किन्छ भन्छन बुढापाकाहरु ।
समाजको हरेक क्षेत्रमा चरम विभेद थियो । तीनै विभेद मध्येको एक हो, २०६७ सालमा गुल्मीको साविक नेटा गाविसमा एक विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदको चयनको विषय । हाल मुसिकोट नगरपालिका १ मा पर्ने थामडाँडामा रहेको सरस्वती माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय दुर्गाबहादुर विकले दावी गरे ।
तर उनलाई एक वर्षसम्म अध्यक्ष स्वीकार गरिएन् । त्यस पछि विकले निर्वाचन नै गरौन, जो जसले जित्छ , जितोस् भनेर अडान लिए । त्यस पछि विकसँग चुनाव लड्न बाध्य भए त्यहाँका ठुला बडाहरु । अन्ततः २०६८ साल भदौ २ गते विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्वाचन भयो । माओवादीबाट उठेका विक विरुद्ध त्यहाँको एमाले कांग्रेसले संयुक्त उमेदवारका रुपमा ईन्द्रबहादुर घर्तीलाई अध्यक्षको उमेदवार उठाए । साँझ मतगणना हुँदा दुवै दलका उमेदवारहरुलाई पाखा लगाईदिए, अर्थात अभिभावकहरुको भारी मतले विक विजयी भएका थिए ।
विकले कार्यभार सम्हाल्दा विद्यालय भवन अपर्याप्त थियो । चौरमा बसेर पढ्ने अवस्था थियो ।सोही समस्यालाई मध्ये नजर गरी विकले २ करोड ५७ लाख केन्द्रिय बजेट पारेर भवन बनाए । खेल मैदान थिएन, त्यो पनि बजेट पारेर बनाए । दुई वर्षे कार्यकालमा उनले महिला शौचालय निर्माण गरे । तीन वटा दरबन्दी थपे ,कक्षा ५ सम्म अग्रेजी माध्यमद्धारा पढाई सुरु गराए ।
ईलाईबेरीको स्थापनासँगै प्लस टुको पढाई समेत उनले नै सञ्चालन गरे ।
विद्यार्थीहरुको र अभिभावहरुको मनमा साझा बनेर बसेका दुर्गाबहादुर विकले गाउँको विकासमा अगुवाई गरिरहेको कुशल विद्यालय व्यवस्थापकले उपनिर्वाचनमा यो पल्ट वडाअध्यक्षमा बाजी मालान् त ?
अहिलेको उपनिर्वाचनमा कांग्रेस एमाले संगै छैनन् । तीन प्रमुख दल एक्ला एक्लै भिडेका छन । यस कारण अहिले यहि चर्चा परिचर्चा छ- त्यहाँको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदको चुनावमा जस्तै वडाध्यक्षको उमेदवारमा पनि विकले विपक्षीहरुलाई त्यसरी नै पाखा लगाउन सक्लान् ?
विक भन्छन–‘ मलाई उति बेला पनि दलितले मात्रै भोट दिएर मैले जितेको होईन, सबै समुदायले मलाई चुन्नु भएको हो । म माओवादीको नेता बनेर होईन, सबैको साझा बनेर यहाँको विकास निर्माणमा अगुवाई गर्दै आएको हुँ । ३० बर्ष भयो मैले यहाँ हरेक क्षेत्रका विकासमा अगुवाई गरेको ।
अहिले म उमेदवारका रुपमा माओवादी केन्द्रको भए पनि म आफुलाई साझा उमेदवारका रुपमा यसपालीको चुनावी मैदानमा खडा छु र मैले जिते सबैको साझा जनप्रतिनिधी भएर काम गर्नेछु र यहि रुपमा मैले आम मतदाता संग प्रतिबद्धत्ता जनाउँदै भोट मागेको छु , माहौल अहिले राम्रो छ र चुनाव जित्ने कुरामा ढुक्क छु । ’
अन्य विकास निर्माणमा तपाईको भुमिका के छ ? भन्ने प्रश्नमा बिकले भने –‘पौदीअमराई ढाँडा रंङ्गनाम , कालपोखरा मैदान जोड्ने मोटर बाटोमा १५ लाख बजेट पारेको थिएँ । त्यस्तै कालढुङ्गा छत्रका थान मोटरबाटोमा १० लाख बजेट पारेको , लाकुरे गन्धुक बगाह धर्मचौर एक चोटी १० र अर्को चोटी १५ लाख , गरी २५ लाख बजेट पारिएको थियो । यो मेरो एकल प्रयास हो । त्यसका अलवा मेरो आग्रहमा हाम्रा पार्टीका नेताहरुले थुप्रै पटक विभिन्न विकास निर्माणमा योजनाहरु पार्दै आउनु भएको छ । सो पार्टीको युवा नेता बुद्धिजीविले भनेका छन कि, हाम्रा उमेदवार दुर्गाबहादुर विकलाई वडाबासीले जिताएमा मुसिकोटका ९ वटा वडा मध्ये त्यस वडा नम्वर १ लाई नमुना बनाउने छौं । यति बनाउन नसके अर्को चोटीको निर्वाचनमा हामी पौदीअमराईबासी कहाँ भोट माग्नै आउने छैनौ ।
विकका प्रतिस्पधीहरुमा नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा रहेका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विशाल थापा, राप्रपाबाट ईस्वरी खाती र स्वतन्त्र उमेदवारहरु क्रमशः तीनै जना स्वतन्त्र उमेदवारहरुमा कोमानन्द खरेल , कुलबहादुर थापा र योगेन्द्र खरेल सहित ८ जना रहेका छन् ।
Leave a Reply