पत्रकार सुरेश भुल हत्या प्रकरण : प्रहरीको चरम लापरबाही

रञ्जना बि.सी ३ मंसिर २०८१, सोमबार १३:०७

कैलाली  —  छिमेकीको बाख्रा चोरेको न्युमा कुटपिटबाट हत्या गरिएका पत्रकार सुरेश भुल हत्या प्रकरणमा प्रहरीको चरम लापरबाही देखिएको छ । घटनाको प्रकृति हेर्दा इलाका प्रहरी कार्यालय मसुरिया प्रहरीको चरम लापरबाही देखिएको हो ।

घटना भएको साँझ (कात्तिक २४ गते )घटना स्थलमै पुगेको प्रहरीले समयमा विवाद सुल्झाउन नसक्दा भुलले ज्यान गुमाउनु परेको प्रत्यक्षदर्शीहरू बताएका छन् ।

भुलमाथि आक्रमण भएको केही समयमै प्रहरी घटना स्थलमा पुगेको थियो । तर प्रहरी विवाद सुल्झाउनु सट्टा आक्रमणकारीको पक्ष लिएर विवादलाई उग्र बनाएको पाइएको छ । घटना स्थलमा प्रहरीले गरेको व्यवहार बारे एक जना प्रत्यक्ष दर्शीकै शब्दमा भन्दा “कुटपिट भएको केही समयपछि को दाइले फोन गरेर पुलिस आउनु भयो । पुलिसले उहाँलाई (सुरेश भुललाई) हेरेर भन्यो यो त मर्ने मान्छे हो । धेरै बाचिस् बाबु त कति वर्षको भइस् भनेर सोध्यो । उहाँ बोल्न सक्ने अवस्थामा हुनु हुन्थेन । हाम्ले ३० वर्ष हुनु भयो भन्यो । त्यसपछि पुलिसले तैँले धेरै जीवन ज्युन छ तर त बाच्दैनस् भनेर भन्यो । त्यति बेला दुई जना पुलिस आएका थिए । यो भन्ने वाला विना  बर्दीको पुलिस हो । देख्यो भने म उसलाई राम्रोसँग चिन्न सक्छु । उसलाई सबैले देउवा सर भनेर बोलाउँछन् ।”

Laxmi sunrise bank 2034

त्यो दिन घटना स्थलमा इलाका प्रहरी कार्यालय मसुरियाबाट घटनाको जानकारी पाएपछि दुई जना प्रहरी घटनास्थल पुगेका थिए । त्यी मध्य एक जना प्रहरी जवान देवेन्द्र कठायत र अर्का हवलदार ज्ञानेन्द्र देउवा थिए । दुई मध्य विना  बर्दीमा घटनास्थल पुगेका प्रहरी हवलदार देउवा थिए । अर्थात् प्रत्यक्ष दर्शीका अनुसार माथिको अभिव्यक्ति दिने प्रहरी हवलदार देउवा हुन ।

पत्रकार भुल मरणाशन्न हुने गरि कुटपिट भएर उनको मेडिकलभित्र फालिएका थिए । त्यो अवस्थामा घटना स्थल पुगेको प्रहरीले उनलाई उद्धार गरेर छिटो अस्पताल पु¥याउने व्यवस्था गर्नु पर्थ्यो तर प्रहरीले त्यसो गरेन । बरु पैसा तिर्नै पर्छ भन्दै भुलकी श्रीमती कल्पना सार्कीलाई ३० हजार रुपैयाँ सहित बाख्रो बुझाउन लगाइयो । प्रहरीकै रोहवरमा बिस्ना भुलले त्यो पैसा बुझेको घटना स्थलमा कैद गरिएका फोटो तथा भिडियोमा प्रस्ट देखिन्छ । यसले भुलमाथि भएको कुटपिट घटनाको संवेदनशीलतामा प्रहरीले गरेको चरम लापरबाही प्रस्ट देखाउछ ।

घटना स्थलमै रहेका अर्का प्रत्यक्षदर्शी घटना स्थलमा प्रहरीले पिडितलाई सुरक्षा दिनुको साटो थप पिडा दिएको बताउछन । त्यी प्रत्यक्षदर्शी कै शब्दमा “हामी सुरु देखि नै घटना स्थलमा थियौ । पहिला पैसा लेनदेनको कुरा हुँदै गर्दा बिस्ना भुलले उहाँ (सुरेश भुल) को कठाला समातिन त्यसपछि रमा रावल सहित पुरुषहरूको ठुलो हुल आयो र एक पछि अर्कोले आक्रमण गर्दै उहाँलाई कुटपिट गर्न थाले । हामीले बचाउन धेरै प्रयास ग¥यो तर त्यो हुलबाट छुट्टाउन सकेनौ । पसलको अगाडी नाला थियो उहाँलाई त्यो नालाको पानीमा कपाल समातेर टाउको डुबाउँदै निकाल्दै डुबाउँदै निकाल्दै गरेर कुट्न थाले । त्यो भिडबाट उनलाई छुट्टाउन उनकी (सुरेशकी ) श्रीमती र साना छोरीहरू गए तर भिडका मान्छेले उनीहरूलाई पनि पिट्यो । केही समयपछि दुई जना पुलिस आए । तर पुलिसले उनलाई (सुरेशलाई) झन् गाली गरेर यो मर्नु पर्ने मान्छे हो त मर्छस् धेरै बाच्दैनस् भन्यो । त्यसपछि पुलिसले बाख्राको पैसा बुझाउन लगायो । र बाख्रावालाहरू पैसा र बाख्रो लगेर गए ।”

Shivam Cement

घटना स्थलमा प्रहरीले गरेको लापरबाहीबारे इलाका प्रहरी कार्यालय मसुरियाका इन्चार्ज लक्ष्मि दत्त भट्टलाई सोध्दा उनले पनि चित्त बुझ्दो उत्तर दिएनन् ।

बाख्रा चोरीको विवादमा प्रहरी कार्यालयमा आउँदा विवाद आफूले मेलमिलाप गराएर पठाएको तर २४ गते भएको कुटपिटको घटना प्रति आफू त्यति जानकार नभएको भट्टले बताए । उनले भने, “अगाडीको दिन पैसा लेनदेनको कुरा यहाँ केही हुँदैन तपाइहरूँ मिल्नुहोस् भनेर पठाइदिए । दोस्रो दिन कुटपिट भएको खबर आएपछि मैले हवलदार सहित दुई जना घटनास्थलमा पठाइ दिएको हो । त्यहाँ के- के भयो त्यो बारेमा म त्यति जानकार छैन ।”
यो घटनालाई प्रहरी सँगसँगै त्यहाँकाका स्थानीय जनप्रतिनिधिले घटना पछि गरेको व्यवहार पनि रहस्यमयी देखिन्छ । आफ्नो पालिकामा मान्छे ज्यानै जाने घटना घटेको आठ दिन वितिसक्दा पनि  गौरीगङ्गा नगरपालिकाका कुनै जनप्रतिनिधि मृतकको घरमा पुगेको छैनन् । अहिलेसम्म वडा तथा पालिकाबाट कुनै पनि मान्छे आफ्नो घरमा नपुगेको मृतककी श्रीमती कल्पना सार्कीले बताइन ।  यो घटना बारे पुरै जानकार रहेको वडा नम्बर ११ का वडा अध्यक्ष साहेब लाल चौधरी पनि मृतकको घरमा पुगेका छैनन् । घटनाको सुरुवात नै वडा नम्बर ११ को कार्यालयबाट सुरु भएको थियो भने विवाद बढेपछि वडा अध्यक्ष चौधरीकै उपस्थितिमा सिसिटिभी फुटेज पनि हेरिएको थियो ।

वडा अध्यक्ष चौधरीले बाख्रा वडा कार्यालयबाट लगेको भनेपछि सिसिटिभी फुटेज देखाइदिएको तर त्यसपछि घटना घटिसकेपछि मात्र आफूले थाहा पाएको बताए । जनप्रतिनिधिको रूपमा मृतक परिवारलाई भेट्न जानु भयो भन्ने प्रश्नमा चौधरी चरम व्यस्तताका कारण भेट्न जान नसकेको प्रतिक्रिया दिए ।

Nabil bank

भुलको हत्या प्रति देखिएको सामाजिक, राजनीतिक मौनता अत्यन्तै रहस्यमयी भएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य बिनोद पहाडीले बताए ।

हत्या प्रकरणको स्थलगत अध्ययन गर्न कैलाली आइपुगेका पहाडी केन्द्रीय टोली सहित घटना स्थल पुगेका थिए । घटनाको प्रकृति हेर्दा बाख्रा चोरेकै आरोपमा नभएर नियोजित घटना हुन सक्ने शङ्का व्यक्त गरे
यो कुराको पुष्टि मृतक भुलले सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका कैलालीको म्यासेन्जर ग्रुपमा गरेको म्यासेजले पनि पुष्टि गर्छ । भुलले उक्त गु्रपमा आफू असुरक्षित रहेको भन्दै घटना प्रहरी सहित वडाध्यक्षको मिलेमतोमा घटना भएको र आफू त्यसबारे अदालत जाने बताएका थिए ।
घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशकी मानव अधिकार अधिकृत मन्दिरा श्रेष्ठले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको बताइन ।  “हामी प्रहरीको एकदम नजिक भएर घटनाको अनुसन्धान गरिरहेका छौ । अनुसन्धानकै क्रममा रहेकाले घटना ठ्याक्कै कुन कारणले घटेको हो भनेर अहिले नै भन्न सकिँदैन । तर सत्य तथ्य सबै छानबिन हुन्छ ” उनले भनिन ।

छिमेकीको बाख्रा हराएको निहुँमा गौरीगङ्गा–११ को कान्तिपुर टोलका भुललाई कात्तिक २४ गते बेलुका स्थानीयले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका मृत्यु भएको थियो । अहिले सम्म घटनामा संलग्न २ महिलासहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामाथि कुनै हस्तछेप नहुने गरी आफूहरू सत्य तथ्य छानबिन गरीरहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक रबिन्द्र केशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank