काठमाडौँ — पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। लिभर क्यान्सरबाट ग्रसित ढुंगानाको आइतबार दिउँसो २ बजे निवासमै निधन भएको आफन्त सुरज भट्टराईले जानकारी दिए।
ढुंगानाको केही समयअघि दिल्लीमा उपचार भएको थियो। लिभरको ट्युमरको शल्यक्रिया गरिएको थियो। स्वास्थ्यलाभ गरेर फर्किएका ढुंगानाको आइतबार घरमै निधन भएको हो।
आफन्त भट्टराईका अनुसार बेलायतमा रहेका छोरा निमेष ढुंगाना स्वदेश फर्किएपछि सोमबार पशुपति आर्यघाटमा उनकाे अन्त्येष्टि गरिनेछ।
Leave a Reply