अवरुद्ध राजमार्ग र सडकहरु पूर्णरुपमा संचालनमा आउन समय लाग्ने

दलित अनलाईन १४ आश्विन २०८१, सोमबार १२:५०

काठमाडौँ  — शुक्रबारदेखि देशभर आएको वर्षाका कारण अवरुद्ध भएका सडकहरु खुलाउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

सहसचिव एवम् प्रवक्ता सुशीलबाबु ढकालकाअनुसार सडकहरुमर्मत गर्ने तथा बाढीले बगाएका पुलहरुमा अस्थायी बेलिब्रिज राख्ने काममा मन्त्रालय र सडक विभागले सक्रियता बढाएको छ।

देशको राजधानी जोडने लाइफ-लाइनका रुपमा रहको मुख्य राजमार्ग नागढुङ्गा–नौबिसे–मुग्लिङ सडकको झ्याप्ले खोलाको अवरोध हटाएपछि पृथ्वी राजमार्गमा सवारी यातायात संचालनमा आएको मन्त्रालयले जनाएको छ। बिपी राजमार्गको बर्दिवासदेखि नेपालथोक सम्मको अवरोध हटाई यातायात सुचारु भएपनि पूर्णरुपमा संचालनमा आउन समय लाग्ने प्रवक्ता ढकालले जानकारी दिए।

टोखा–गुजें भञ्ज्याङ्ग–छहरे नुवाकोट हुँदै स्याफ्रुवेशीसम्मको सडक सुचारु अवस्थामा छ। भने, स्याफ्रुवेशीदेखी रसुवागढी सम्मको अवरुद्ध सडक सोमबारसम्म संचालनमा आउने पनि ढकालले जनाए।

अरनिको राजमार्गको ब्राहबीसे–दोलालघाट–धुलिखेल खण्ड सोमबार साँझसम्म सुचारु हुनेगरी कार्य भइरहेको छ। तर, बिपी राजमार्गको विकल्पको रुपमा मुलकोटबाट सित्खा पुलहुँदै मन्थलीसम्म जाने सडक सुचारु भएको छ। भने, सित्खा–खाँडादेवी–गाल्वा सडक सोमबारसम्म सुचारु हुने मन्त्रालयले जनाएको छ।

सडक विभागको तथ्यांकअनुसार आइतबार साँझसम्म १८ वटा राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएका थिए। १७ वटा राजमार्गका ४७ स्थानमा यातायात सेवा पूर्ण टुटेको थियो। भने, ४०१ स्थानमा एकतर्फी मात्रै यातायात चलाउन सकिएको विभागले जनाएको छ। पाँचवटा मोटोरेवल पुल बगाएको विभागको तथ्यांक छ।

यद्यपि, २६४ वटा इक्यूपमेन्ट प्रयोग गरेर सडक मर्मत एवम् उद्धार भइरहेको मन्त्रालयको दाबी छ।

चाडपर्व नजिकिएकाले सडकमर्मत, वैकल्पिक बाटो प्रयोगको विषयमा मन्त्रालय र विभागले ठुलो जनशक्ति परिचालन गरेको जनाएको छ। अविरल वर्षाका कारण देश भरका ८० वटा राष्ट्रिय राजमार्गहरुमध्ये ४७ स्थानमा राजमार्गहरु पूर्णरुपमा संचालनमा आउन समय लाग्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank