व्यवस्था र प्रणालीमा कांग्रेस–एमालेबीच कुनै मतभेद छैन : देउवा

दलित अनलाईन १९ भाद्र २०८१, बुधबार १६:४०

काठमाडौँ  —  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय लोकतान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको बिषयमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन्।

बुधबार काठमाडौँमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताए।

‘एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान्। तर एउटा कुरामा यो बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन,’ उनले भने।

सभापति देउवाले खास खास कुरामा एउटै धारणा रहेका कारण कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी रहे पनि व्यवस्था र प्रणालीका बिषयमा मतभेद नरहेको बताए। एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएका कारण कतिपयसमस्या भएपनि समाधान गर्नु दुबै पार्टीको कर्तव्य हुने भनाई देउवाको थियो।

‘समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो । यसमा चिन्ता लिनुपर्दैन,’ उनले भने, ‘मलाई विश्वास छ। ओलीजी र मैले मिलेर, अरु साथीहरूले मिलेर अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ।’

देउवाले कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन समेत दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank