हसिनाझैं भाग्ने दिन आए प्रचण्ड मात्रै चैनले सुत्न पाउँदैनन् : गगन थापा

दलित अनलाईन १३ भाद्र २०८१, बिहीबार १५:०७

काठमाडौँ  — नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले देश बंगलादेश वा श्रीलंकाजस्तो होला भनेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा सांसद थापाले पुष्पकमल दाहाल प्रचण्डले देश बंगलादेश, श्रीलंका होला भन्दा आफूलाई असह्य भएको उल्लेख गर्दै भने, ‘धर्म–पापमा विश्वास नगर्ने भएकाले श्राप दिएको त पक्कै होइन होला ! तर्साउन खोज्नु भएको होला।’

नेपाली नेताहरु बंगलादेशकी शेख हसिनाझैं भाग्ने अवस्था आए प्रचण्ड मात्रै चैनले बस्न सक्ने अवस्था नहुने थापाको चेतावनी छ । जिम्मेवार दलका जिम्मेवार नेताले संयमित भएर बोल्नुपर्ने भन्दै उनले थपे, ‘सामाजिक विष्फोटहरु उत्पन्न हुने सम्भावना छन्, नभएका होइन, निराशा छ, उकुसमुकुस छ। तर हसिना शेखझैं नेपाली नेता कुनै कारणले भाग्ने दिन आयो भने प्रचण्ड मात्रै चैनले खुमलटारमा सुत्न पाउनुहुन्न।’

आफ्नो विषय ठिक छन् भने लडेर सरकारलाई घुँटा टेकाउनु पनि अवान्छित नहुने उल्लेख गर्दै थापाले प्रतिपक्षी दल सरकारको प्रतिपक्षी भए  पनि राज्य र प्रणालीकै अंग भएको स्मरण गराए।

‘अपोजिसनले, त्यसमाथि पनि यत्रो वर्ष प्रधानमन्त्री भएर आएको जिम्मेवार दलको जिम्मेवार नेताले, जसले भोलि कुनै पनि बेलामा देशको जिम्मेवारी लिनुपर्ने पनि होला । अपोजिसनमा बस्दै गर्दा पनि उ स्टेटको, सिस्टमको अपोजिसन होइन । सरकारको मात्रै अपोजिसन हो । उ सिस्टमको अंग हो,’ सांसद थापाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank