प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्याको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन

दलित अनलाईन १ भाद्र २०८१, शनिबार १९:३९

काठमाडौँ  — भारतको पश्चिम बंगालको कोलकाताको आरजी कर अस्पतालकी ३१ वर्षीय प्रशिक्षार्थी चिकित्सको बलात्कारपछि हत्याको विरोधमा नेपालस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन भएको छ ।

शनिबार वैज्ञानिक समाजवादी विद्यार्थी र महिला संगठनले दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

अघिल्लो शुक्रबार प्रशिक्षार्थी महिला चिकित्सको शव मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो । उक्त घटनाको विरोधमा भारतका विभिन्न सहरहरुमा प्रदर्शन भइरहेको छ ।

विधार्थी सङ्गठका अध्यक्ष हिमाङसु घिमिरे र महिला सङ्गठनकी सयोजक राजेश्वरी सुवेदीले उक्त घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । उनीहरुले ‘पितृसत्ता मुर्दा वाद, बलात्कारीलाइ फाँसी’ लगायतका नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank