कुलमान घिसिङकाे ३ वर्षका उपलब्धिहरू

दलित अनलाईन २५ श्रावण २०८१, शुक्रबार १६:५०

काठमाडौँ  — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको ३ वर्ष पूरा भएको अवसरमा उपलब्धिहरू सार्वजनिक गरेका छन्।

निर्देशक कुलमान घिसिङले शुक्रबार आफ्नो दोस्रो कार्यकालको ३ वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मलेन गरेर उपलब्धिहरू सार्वजनिक गरेका हुन्।

साे अवसरमा उनले हरेक नेपालीको घरमा विद्युत पुर्याउन विद्युतीकरण र विद्युतीय क्षेत्रलाई गुणस्तरीय तथा सुरक्षित बनाउन प्रशारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवं सुदृढीकरणका लागि पर्याप्त काम भएको दाबी गरेका छन्।

शुक्रबार नेपाल विद्युत प्राधिकरणले विगत एक वर्षमा गरेका कामकारवाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले आफू प्राधिकरणमा दोस्रो कार्यकाल सम्हाल्दै गर्दा उर्जा मन्त्रालयसँग गरेको सम्झौता अनुसार नै सुचकांकहरुमा सुधार भएको दाबी गरे।

उनले भने, ‘उर्जा मन्त्रालय र प्राधिकरणमा आउनेबित्तिकै विभिन्न सुचाकंहरुमा सुधार ल्याउनेगरी सम्झौता भएको थियो। उर्जा मन्त्रालयले गरेको कार्य सम्पादन र सम्झौताको मूल्यांकनमा आर्थिक वर्ष २०७८/०७९, २०७९/८० मा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको छ।’

मुलुकलाई लोडसेडिङमुक्त गरेर विद्युत आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न तथा उपभोक्ताहरुलाई विद्युत आपूर्ति गराउन प्रणालीको विकास एवं पूर्वाधार निर्माणलाई प्राविधिक रुपमा विकास गरिएको उनको दाबी छ।

‘हरेक नेपालीको घरमा विद्युत पुर्याउन विद्युतीकरण, भरपर्दो गुणस्तरीय तथा सुरक्षित बनाउन प्रशारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवं सुदृढीकरण, उत्पादनतर्फका ठुला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत निर्यातलगायतलाई उच्च प्राथमिकतामा राखेका छौँ। देश लोडसेडिङमुक्त भएर विद्युत आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न तथा उपभोक्ताहरुलाई विद्युत आपूर्ति गराउन प्रणाीलको विकास एवं पूर्वाधार निर्माणलाई प्राविधिक रुपमा विषेश गरी अगाडि बढाइएको छ,’ उनको भनाइ छ।

उपलब्धिहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank