मन्त्रिपरिषद्‌मा दलितको प्रतिनिधित्व नहुनु संविधान विपरीत कार्य हो : सांसद पदमबहादुर परियार

दलित अनलाईन ७ श्रावण २०८१, सोमबार २१:०१

काठमाडौँ  —  सत्ता सहकार्य दल नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले सरकारमा दलितको प्रतिनिधित्व नगराएर दलहरुले संविधानविपरीत कार्य गरेको बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सत्ता सहकार्य दल नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले दलहरुले संविधानको भावनाबमोजिम मन्त्रिपरिषद्‌मा दलितको सामान्य प्रतिनिधित्व समेत नगराएर ६० लाख जनसंख्या भएको समुदायमाथि अन्याय गरेको बताए ।

‘अहिलेको सरकारमा मात्रै होइन, योभन्दा पहिलेको सरकारमा पनि दलितको प्रतिनिधित्व गराइएन । प्रमुख दलहरुले नै संविधानको भावनाबमोजिम दलित समुदायको प्रतिनिधित्व नगराउनु लज्जास्पद कुरा हो । यो घटनाक्रमले दलित समुदाय दुखी छ,’ सांसद परियारले भने, ‘नयाँ संविधानको कार्यान्वयन नहुँदा दलित समुदायमा निराशा छाएको छ ।’

संविधानको प्रस्तावना, निर्देशक सिद्धान्त, नीति र धारा २४ तथा धारा ४० को व्यवस्थाबमोजिम दलित समुदायलाई अधिकार दिन राजनीतिक दल र सरकारले चासो नदिएका कारण दलित समुदायमा यो व्यवस्थाप्रति नै असन्तुष्टि बढ्दो रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank