सबै दलको सहमतिमा मात्र संविधान संशोधन गर्छौं: देउवा

दलित अनलाईन ६ श्रावण २०८१, आईतवार १५:१४

काठमाडौँ  — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन सबै दलको सहमतिमा मात्र गर्ने बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै सभापति देउवाले संविधान संशोधन स्वाभाविक प्रक्रिया रहेको सबै दलको सहमतिमा मात्र संविधानको संशोधन गरिने र संविधानलाई सहभागितामुलक बनाइने बताए।

संविधान निर्माण भएको आठ बर्ष पुगेको र यसका सबल र दुर्बल पक्षको विश्लेषण गरेर संविधान संशोधन गर्नुपर्ने उनले बताए।

उनले केपी शर्मा ओलीको नेतृत्वमा सरकारले अहिलेको निराशालाई चिर्दै देश बदलिने विश्वासको व्यक्त गरे।

उनले कांग्रेस र एमालेले देशमा राजनीतिक स्थिरताका लागि गठन भएको र यसमा सफल हुने विश्वास व्यक्त गर्दै ओलीको नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank