रुकुम पश्चिममा बाढीले घर पुरिँदा ३ बालिकाको मृत्यु, एक अझै बेपत्ता

दलित अनलाईन १ श्रावण २०८१, मंगलवार ११:५६

रुकुम —  रुकुम पश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ। जिल्लाको आठविसकोट-१२ को झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए।

आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको छ।

उनका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ। उनी बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ। लेदोसहितको बाढीले घर पुरिएपछि डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको छ।

बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ। अहिले प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेको नगरप्रमुख केसीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank