प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

दलित अनलाईन १९ असार २०८१, मंगलवार १२:४०

काठमाडौँ  — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा नदिने भएका छन्।  मंगलबार काँग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ।

तर प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने माओवादी सांसद देवेन्द्र पौडेलले बताए। ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन। विश्वासको मतको सामना गर्ने कुरा भएको छ,’ उनले भने।

सत्तायात्रा गर्ने सहमतिसँगै काँग्रेस–एमालेका नेताहरूले प्रचण्डलाई मार्ग प्रस्त गर्न आग्रह गरेका छन्। संविधानअनुसार अल्पमतमा परेको सरकारले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने छ। प्रचण्ड त्यो ३० दिनको समयावधि गुजार्ने मनस्थितिमा देखिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank